Like us!
Follow us!
Connect us!
Watch us!

सयपत्री हाईड्रोपावरको सभा आज, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०७७, ११ : ५० मा प्रकाशित

सयपत्री हाईड्रोपावरको सभा आज, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) हुँदैछ । 

कम्पनीको असोज २९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैथाे वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) कम्पनीकाे रजिष्टर्ड कार्यालय, चावहिल, काठमाडौंमा अपरान्ह १ बजेबाट सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ भने  आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको