अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपानेले कोभिड- १९ को कारण तोकिएको मितिमा १६ औं वार्षिक साारणसभा गर्न सकेकोमा सेयरधनीसँग माफि मागेको छन् ।
कोभिड- १९ को कारण स्थगित १६ औ र १७ औं वार्षिक साधारणसभा एकै दिन गर्ने भएको छ । मंसिर ८ गते सोमबार संस्थाको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बोलाएको हो ।
कोभिड १९ को माहामारीले गर्दा स्थगित भएको साधारणसभा कार्तिक ७ गते बसेको संचालक समितिको बैठकले पुन साधारणसभा गर्न निर्णय गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनश शेयर पारित गर्नेछ ।
हेरौं, भिडियोमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस