Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको नाफामा छलाङ्ग ! प्रतिशेयर आम्दानी १२.८रुपैयाँबाट बढेर ३५.७४ रुपैयाँ

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ११ : ५० मा प्रकाशित

अपि पावरको नाफामा छलाङ्ग ! प्रतिशेयर आम्दानी १२.८रुपैयाँबाट बढेर ३५.७४ रुपैयाँ

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनि गरेको छ । कम्पनीले पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

कम्पनीले गत वर्ष सोही अवधिमा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । अपिको विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएसँगै गत वर्षको तुलनामा यो वर्षको त्रैमाससम्म १९५.९६ प्रतिशतले नाफा बढी कमाउन सफल भएको हो ।

विद्युत बिक्रीबाट आम्दानी ६ करोड ३८ लाख ५७ हजार रुपैयाँबाट बढाएर १४ करोड १२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, अन्य स्रोतबाट पनि आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष अन्य स्रोतबाट २ लाख ९ हजार रुपैयाँ मात्र आम्दानी गरेकामा यस वर्ष ६ करोड १७ लाख ७० हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ ।

 हाल अपिको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले कात्तिक १४ गतेदेखि ४७५ हकप्रद सेयर पनि बिक्री गरिरहेको छ । यस्तै, मंसिर ८ गते विगत दुई आर्थिक वर्षको साधारण सभा एकै पटक बस्दैछ । उक्त सभामा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस र २०७६/७७ को नाफाबाट ९ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश हुँदैछ ।

अपिले ८.५ मेगावाटको नौगढ गढ सानो जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा विद्युत उत्पादन गरिरहेको छ भने दार्चुला जिल्लामा ८ मेगावाटको अपर नौगढ गढ जलविद्युत आयोजना पनि निर्माण पुरा गरिसकेको छ ।कम्पनीले ४० मेगावाटको अपर चमेलिया, ८ मेगावाटको परवानीपुर सोलार, ४ मेगावाटको चन्द्रनिगाहपुर सोलार, १ मेगावाटको सिमरा सोलार लगायतको पीपीए गरिसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको