Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले एकैचोटी दुई साधारणसभा गर्ने, शेयरधनीको हातमा १४% लाभांश

अर्थ संसार

आइतबार, १६ कार्तिक २०७७, ०८ : १८ मा प्रकाशित

अपि पावरले एकैचोटी दुई साधारणसभा गर्ने, शेयरधनीको हातमा १४% लाभांश

अर्थ संसार, काठमाडौं -अपि पावर कम्पनी लिमिटेडले एकैचोटी दुई वटा साधारणसभा बोलाएको छ । कम्पनीले १६ औ र १७ औं वार्षिक साधारणसभा मंसिर ८ गते सोमबार संस्थाको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा बोलाएको हो । 

कोभिड १९ को माहामारीले गर्दा स्थगित भएको साधारणसभा कार्तिक ७ गते बसेको संचालक समितिको बैठकले पुन साधारणसभा गर्न निर्णय गरेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७५/ ०७६ को खुद मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत दरले बोनस शेयर र आर्थिक वर्ष  २०७६/ ०७७ को खुद मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनश शेयर पारित गर्नेछ ।

आकर्षक लाभांस सहित साधारणसभा चाँडै । Api को हकप्रद किन भर्ने? Arthasansar Talk with Sanjeev Neupane

कम्पनीले चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयरको विद्यामान १ कित्ता साधारण शेयर बराबर ०।४७६  कित्ता साधारण शेयरको अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर कार्तिक १४ गतेदेखि निष्कासन  गरेको छ।   


अपि पावरको हकप्रदबारे सम्पूर्ण जानकारी | Right Share | Api Power Company Ltd | Kartik 14-Mangsir 4

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको