Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको हकप्रद सेयरधनीको प्रतिक्षामा (हकप्रद सम्बन्धि सम्पूर्ण जानकारी )

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १९ : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।कम्पनीले ५६ लाख ७० हजार हकप्रद साधारण शेयर निष्काशन गर्न लागेको हो ।

उक्त शेयरको निष्काशन तथा बिक्री खुल्ला कार्तिक १४ गतेबाट हुनेछ ।कम्पनीले  हकप्रद शेयर निष्कासन प्रयाेजनकाे लागि कम्पनीले २०७६ साल चैत्र १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गरेकाे थियाे । २०७६ फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १ कित्ता शेयर बराबर नयाँ ०.४७६ कित्ता शेयरको दरले खरिदका लागि दरखास्त दिन सक्नेछन् ।

उक्त हकप्रद शेयरमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरले कार्तिक १४ गतेबाट मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर निष्काशन तथा प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अपि पावर कम्पनी लिमिटेड वि.स. २०६० साल अषाढ ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई वि.स. २०७० साल श्रावण ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई जलविद्युत सम्बन्धि व्यवसाय गरिरहेको कम्पनी हो । कम्पनीको हालकोअधिकृत पूँजी रु. ५०० करोड, जारी पूँजी रु.४०० करोड र चुक्तापूँजी रु.११९.०७ करोड रहेको छ ।

आ.व. २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १३६ करोड रहेको, जगेडा कोष तथा संचित नाफामा रु. १७ करोड रहेको र प्रति शेयर आम्दानी रु. ८.०४ रहेको छ । 
कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी वि.स.२०७२ भाद्र २ गते देखी राष्ट्रिय ग्रिडमा बिद्युत प्रवाह गरी व्यापारिक उत्पादन गरिरहेको छ । सुदुर पश्चिम प्रदेशमा नीजि लगानीबाट १७ महिना भित्र निर्माण गरी संचालन भएको यो नै पहिलो जलविद्युत आयोजना हो । कम्पनीले दोश्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कार्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ । कम्पनी द्वारा संचालनमा रहेका यी दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत विद्युत प्रवाह भईरहेको छ ।

कम्पनीले ४० मेगावाट क्षमताकोतेश्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट शेयर पूँजी जुटाउन हकप्रद शेयर जारी गरी रकम संकलन गर्ने योजना गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७७ साल आश्विन १८ गते स्वीकृत प्राप्त गरी मिति २०७६/११/३० गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ शेयर बराबर नयाँ ०.४७६१९०४७६१९ (१ : ०.४७६१९०४७६१९) को अनुपातमा प्रति शेयर रु. १००/– अंकित दरको ५६,७०,००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा विक्रि खुल्ला मिति २०७७/०७/१४ गतेका दिन देखि २०७७/०८/०४ गतेसम्म गरिने सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको हो ।

यस हकप्रद सम्बन्धित विस्तृत जानकारीको लागि मिति २०७७/०६/२३ गतेको “कारोबार” दैनिकमा सूचना प्रकाशित गरिएको हुँदा उक्त सूचना हेर्न समेत यसै विज्ञप्ति मार्फत अनुरोध छ ।सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्ला, अपि हिमाल र मार्मा गाउँपालिका भई वहने चमेलिया नदीको पानी उपयोग गरी अपि हिमाल गाउँपालिकाको ओखल भन्ने स्थानमा यस आयोजनाको बाँध बनाई ६ किलोमिटर लामो ३.२ डायामिटरको पेनस्टक पाईपको सहायताले चमेलिया नदीको पानी फर्काई मार्मा गाउँपालिकाको घट्टेगाढ भन्ने स्थानमा विद्युत गृह निर्माण गरी ४० मेगावाट क्षमताको उर्जा उत्पादन गरी १६ किलोमिटर लामो १३२ के.भी. ट्रान्समिसन लाईन मार्फत ने.वि.प्रा. को वलाँच सवस्टेशनमा ल्याई राष्ट्रिय ग्रिडमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक २६ करोड ४१ लख युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिनामा र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । यस आयोजनाको विद्युत बिक्रिबाट प्रथम वर्ष रु. १६२ करोड आय आर्जन हुनेछ । यस आयमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले वृद्घि हुँदै जानेछ ।

यस आयोजना निर्माणका लागि जम्मा रु. ७४० करोड लगानी लाग्ने अनुमान गरिएको छ । कम्पनीले कुल लागत मध्ये ३० प्रतिशतले हुने रकम रु. २२२ करोड आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गरी २ चरणमा रकम संकलन गरी लगानी गर्ने योजना गरेको छ । बाँकी ७० प्रतिशतले हुने रकम रु. ५१८ करोड हिमालयन बैंक लिमिटेडको अगुवाईमा क्रमशः कर्मचारी संचय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बङ्गलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सहभागी गरी आयोजनाको सह–वित्तियकरण बनाई बैंक ऋण प्रवाह गर्नेगरी वित्तिय व्यवस्थापन सम्झौता मिति २०७७ साल आश्विन ११ गतेका दिन सम्पन्न गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको