Like us!
Follow us!
Connect us!
Watch us!

१३.६० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो एजिएम, कहाँ र कहिले ?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, ०७ : ३९ मा प्रकाशित

१३.६० प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो एजिएम, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं - सानिमा बैंक लिमिटेडले सोह्रौं वार्षिक सभा आह्वान गरेको छ । बैंकको कार्तिक ६ गते बसेको संचालक समितिको निर्णयानुसार बैंकको उक्त सभा कार्तिक २८ गते शुक्रबार आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

विश्वभर फैलिएको कोभिड-१९ महामारीको कारण शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराइनेछ । 

त्यसैगरी सभामा आर्थिक वर्ष  २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारीत गरिनेछ भने लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात तथा सोहि अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गरिनेछ । 

त्यसैगरी बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी पारीत गरिनेछ ।  यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नुका साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३.६० क दरले नगद लाभांश वितरण गर्न स्वीकृत गरिनेछ । 

विशेष प्रस्ताव अन्तर्गत शेयरधनीहरुलाई १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको