अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अंगले बढेको हो । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १२.४९ अंकले बढेर एक हजार ६४८.४९ मा पुगेको छ । नेप्से ०.७६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.५७ अंकले बढेर ३२५.९४ मा पुगेको छ ।
कूल १९८ वटा कम्पनीको १ करोड ८ लाख ६३ हजार ४ सय ५६ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २ सय ६१ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार आइतबार कारोबार भएका कूल १२ उपसमूहमध्ये १० वटा उपसमूहको शेयर बढेको छ भने बाँकी २ वटा उपसमूहको शेयर घटेको छ।
यस्तै आज कारोबार भएका कुल कम्पनीहरुमध्ये नेपाल पुनः बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २५ करोड ९२ लाख २ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
आजको शेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस