Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीलाई लोभ्याउने वित्तीय विवरण सार्वजानिक गर्यो कुमारी बैंकले

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, १७ : १७ मा प्रकाशित

सेयरधनीलाई लोभ्याउने वित्तीय विवरण सार्वजानिक गर्यो कुमारी बैंकले

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनि गरेको छ । बैंकले पहिलो त्रैमाससम्म ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  जुन,  गत आवको भन्दा  ४९.८९ प्रतिशतले बढी नाफा कमाएको छ । बैंकले गत वर्ष सोही अवधिमा  यसै अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
सोही अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँम् बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ ।

 बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत र कोषको लागत ६.२८ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेशियो ७५.३१ प्रतिशत छ भने पूँजीकोष अनुपात १४.९३ प्रतिशत छ।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको