Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको नाफामा भारी गिरावट

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १० : २१ मा प्रकाशित

एभरेष्ट बैंकको नाफामा भारी गिरावट

एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफामा भारी गिरावट आएको छ । बैंकले पहिलो त्रैमाससम्ममा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । गत  वर्ष सोही अवधिमा  बैंकले ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो त्रैमासमा ५१.५४ प्रतिशले नाफा घटेको छ । 

बैंकले सार्वजनि गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले खुद नाफा घट्न घट्न पुगेको हो । 

असोज मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी २८.५६ प्रतिशतले घटेर १ अर्ब २ करोड ३२ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ४३ करोड २५ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, बैंकको सञ्चालन नाफा ५१.५४ प्रतिशतले घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।प्रतिसेयर नेटवर्थ २२३ रुपैयाँ ३२ पैसा छ ।  बैंकको खराब कर्जा पनि ०.०५ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसाले घटेर १५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको