Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ३ अर्बमाथिको कारोबार,नेपाल पुनर्बीमा कम्पनी लगानीकर्ताको आकर्षणमा !

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १५ : १३ मा प्रकाशित

सेयर बजारमा ३ अर्बमाथिको कारोबार,नेपाल पुनर्बीमा कम्पनी लगानीकर्ताको आकर्षणमा !

 हेरौं,आजको सेयर तालिका । 

साताको दोस्रो दिन (आज) सोमबार सेयर बजारमा ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ रुपैयाँको कारोबार भएको छ । ४.२२ अंकले बढेको सेयर बजारमा बढेर १६५२.८१ विन्दुमा पुगेको छ । 

कूल १९५ वटा कम्पनीको एक करोड ३५ हजार ३ सय १३ कित्ता शेयर खरिदबिक्री  भएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ६ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको शेयर मात्र घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५५ करोड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको