Like us!
Follow us!
Connect us!
Watch us!

अब्बल बन्दै कामना सेवा बैंक, नाफामा ९७२.९५ प्रतिशतले बृद्धि

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, ०८ : ५३ मा प्रकाशित

अब्बल बन्दै कामना सेवा बैंक, नाफामा ९७२.९५ प्रतिशतले बृद्धि

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण गजबको सार्वजनिक गरेको छ । बैकले पहिलो त्रैमाससम्म २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सोही अवधिमा बैंकले गत वर्ष १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । नाफा गत वर्षको भन्दा ९७२।९५ प्रतिशतले आफ्ना नाफा कमाउन सफल भएको छ । 

 बैंकको खुद ब्याज आम्दानी पनि २५ करोड १५ लाख ८७ हजार रुपैयाँबाट बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेको । यस्तै, सञ्चालन नाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढाएर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।

तर खुद नाफामा अक्रामक वृद्धि हुनुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको छ । गत वर्षको यसै अवधिसम्म ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष २० करोड ९ लाख ६३ जार रुपैयाँ पुगेको छ । कामना सेवाले ३६अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

हाल यसको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा रहेको छ ।कामना सेवाको खराब कर्जा पनि १.६१ प्रतिशत बाट बढेर २.६४ प्रतिशत पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको