Like us!
Follow us!
Connect us!
Watch us!

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १३ : ०० मा प्रकाशित

कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका सबै शाखा बन्द रहने

अर्थ संसार, काठमाडौं - नेपालीको दोश्रो ठुलो चाड शुभ दिपावली अर्थात् तिहारमा बैंक तथा वित्तीय संस्थाहरु ३ दिनका लागि बन्द हुने भएका छन्। 

तिहारमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका सबै शाखाहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । यद्यपी एटीएमहरु भने सञ्चालन हुनेछन्। 

यस वर्ष यमपञ्चक (तिहार) कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । पहिलो दिन यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यस्तै  कात्तिक ३० गतेगाई, गोरु र आत्म (म्ह) पूजा रहेको छ । यसैगरी भाइटिका  मङ्सिर १ गते रहेको छ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको