Like us!
Follow us!
Connect us!
Watch us!

दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, १७ : २५ मा प्रकाशित

दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित

अर्थ संसार, काठमाडौं - वर्ल्ड टुरिजम नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ तथा  टुरिज्म रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशीलाई अन्तर्राष्ट्रिय टुरिजम हीरो अवार्डद्वारा सम्मानित गरिएको छ। 

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर कृयाशीलता, सकारात्मक योगदान र कोरोना महामारीका कारण शिथील बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।  

दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी  ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्। विश्वभरीबाट नामांकन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्यांकनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै कृयाशील व्यक्तित्व लाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्स का पर्यटन मन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुप का निर्देशक विजय पूनूसम्त, अफ्रिकन  टुरिज्म बोर्डका अध्यक्ष्य काथबर्ट एनक्यूब, जिम्बाब्वेका भूपू पर्यटन मन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठन का निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटन मन्त्री एडमण्ड बार्टलेट जस्ता व्यक्तित्वहरु समावेश छन।  

अर्वाड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटन का दिग्गज व्यक्तित्वहरुलाई धन्यबाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन बिकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको