Like us!
Follow us!
Connect us!
Watch us!

ब्रिटिस कलेजका सीईओलाई एसएमई न्यूज ‘एमडी अफ द इयर’ अवार्ड प्रदान

अर्थ संसार

शनिबार, ०८ भदौ २०८१, १० : ५० मा प्रकाशित

ब्रिटिस कलेजका सीईओलाई एसएमई न्यूज ‘एमडी अफ द इयर’ अवार्ड प्रदान

द ब्रिटिस कलेजका संस्थापक तथा सीईओ राजन कँडेललाई एसएमई न्यूजले ‘एमडी अफ द इयर’ अवार्ड प्रदान गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजका सीईओ कँडेल ‘एसएमई न्यूज आईटी अवार्ड २०२४’बाट सम्मानित हुनुभएको हो ।

बेलायतको प्रकाशन गृह एसएमईले वार्षिक रुपमा सकारात्मक परिवर्तनको लागि काम गरिरहेका व्यवसायीहरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । एसएमई न्यूजले उद्यमशिलता क्षेत्रका परिश्रमीहरु योग्य व्यक्तिहरुलाई अवार्ड प्रदान गर्दछ । अन्य प्रतिस्पर्धीहरुभन्दा फरक तरिकाले आइटी सोलुसन, डेटा माइग्रेशन तथा आईटी ट्रान्फरमेशन सेक्टरमा काम गर्दै आएका व्यक्तिहरु सो अवार्डको लागि मनोनयनमा परेका थिए ।

सिइओ कँडेलले ‘इन्टरनेशनल एजुकेशन सेक्टर’ विधा अन्तर्गत ‘सर्वश्रेष्ठ लगानी गर्ने म्यानेजिङ डाइरेक्टर’को रुपमा कँडेल ग्रुपको लागि यो अवार्ड जित्नुभएको हो । उद्यमशिलताको क्षेत्रमा सकारात्मक प्रभाव पारेको आधारमा छनौट भई अवार्डद्वारा सम्मानित हुनुभएका सीईओ कँडेलले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएको छ ।

‘मैले मेरो करियर आईटी म्यानेजरको रुपमा सुरु गरेको थिएँ । अहिले हामीले विश्वको केही शीर्ष विश्वविद्यालयहरुसँग साझेदारी गर्दै आईटी विषयहरुसँगै अन्य शैक्षिक कार्यक्रमहरु पनि विश्वका चार वटा महादेशमा रहेका विद्यार्थीहरुलाई प्रदान गर्दै आएका छौं ।,’ अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै सिईओ कँडेलले भन्नुभयो, ‘यसै वर्ष पनि हामीले बेलायतको ग्रीनविच विश्वविद्यालयसँगको साझेदारीमा कोर्षहरु प्रदान गर्न सुरु गरेका छौं । त्यस्तै, क्यानडाको म्यारिटाइम बिजनेश कलेज पनि अधिग्रहण गरेका छौं । त्यसैले यो अवार्ड मेरो लागि धेरै अर्थपूर्ण छ र यो नयाँ कुराहरुको सुरुवात हो ।’

 

66c96a83238cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको