अर्थ संसार, काठमाडौं -प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनि गरेको छ । वित्तिय विवरण अनुसार बैंकले ८९ करोड ९ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत वर्ष सोही अवधिमा बैंकले ६२ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसै अवधिको तुलनामा ३५.२५ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १७ करोड ५६ लाख २८ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा ५ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको बैंकले ११ करोड ९८ लाख रुपैयाँले बढाएको हो ।
यस्तै, प्रभुको निक्षेप संकलन र कर्जा लगानीमा पनि सुधार आएको छ । खराब कर्जा र कस्ट अफ फन्डलाई पनि घटाएको छ । चुक्ता पुँजी भने गत वर्षकै यथावत रहेको छ । नाफा वृद्धि भएका कारण प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसाले बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस