Like us!
Follow us!
Connect us!
Watch us!

यी २ लघुवित्तको एकिकृत कारोबार मंसिर ८ गतेबाट

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १३ : ०८ मा प्रकाशित

यी २ लघुवित्तको एकिकृत कारोबार मंसिर ८ गतेबाट

अर्थ संसार, काठमाडौं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ८ गते साेमबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

यी २ लघुवित्त एकआपसमा गाभिएपछि महुली लघुवित्त वित्तीय संस्थाको नामबाट मंसिर ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्  ।

दुवै लघ्ुवित्तको गत वैशाख १७ गते सम्पन्न विशेष साधारणसभाले आपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ । कम्पनी रजिस्ट्रारको कार्यालयले पनि गत कात्तिक २४ गते एकीकृत कारोबारका लागि स्वीकृति दिएको थियो। 

आज शुक्रबार बसेको दुवै लघुवित्तको सञ्चालक समितिको बैठकले मंसिर ८ गतेबाट महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको छ।

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्: 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको