Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको नाफा ४७.२९ प्रतिशतले घट्यो [विवरणसहित]

अर्थ संसार

शुक्रबार, २८ कार्तिक २०७७, १४ : १६ मा प्रकाशित

हिमालयन बैंकको नाफा ४७.२९ प्रतिशतले घट्यो [विवरणसहित]

अर्थ संसार, काठमाडौं -  हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.२९ प्रतिशत थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा ६२ लाख ६२ हजार रुपैयाँ रहेको छ । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ९९ लाख रुपैयाँ घटेर ९३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ। पहिलो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ४७ करोड २७ लाख रुपैयाँ घटेर ५१ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड ९७ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी ३५.९२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९१.५९ रुपैयाँ रहेकाे छ । 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको