Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्म हिमालयन बैंकको एफपीओमा कति पर्यो आवेदन ?

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, ०८ : ५४ मा प्रकाशित

हालसम्म हिमालयन बैंकको एफपीओमा कति पर्यो आवेदन ?

हिमालयन बैंकको एफपीओमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडिएससी) का अनुसार निष्कासनको दोस्रो दिनसम्म बैंकको एफपीओमा दोब्बर बढी आवेदन परेको हो।

सीडिएससीका अनुसार बिहिबार साँझ ५ बजेसम्म एफपीओमा ८ लाख ७० हजार ६७० जना लगानीकर्ताले आवेदन दिएका छन्। हालसम्म कुल १ करोड ८५ लाख ९७ हजार ३० कित्ताका लागि आवेदन परेको छ, जसको कुल रकम २ अर्ब ९१ करोड ९७ लाख ३३ हजार ७१० रुपैयाँ बराबरको छ।

हिमालयन बैंकले असार ३२ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० मा  ५७ प्रिमियम थप गरी कुल  १५७ दरमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो, जसको कुल मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको छ।

यो एफपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको