Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायाेजन

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०७७, ०८ : ५४ मा प्रकाशित

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायाेजन

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । 

कम्पनीकाे ९.५ प्रतिशत बाेनस शेयरपछि नेप्सेले प्रतिकित्ता ५७६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६३१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, कम्पनीले आफ्नो ११औँ वार्षिक साधारण सभा मंसिर १८ गते, बिहीबार गर्दैछ । सभामा संस्थाकाे भाद्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि आज (मंसिर ५ गते, शुक्रबार) एक दिनका लागि बुकक्लोज गर्दैछ । त्यसैले, मंसिर ४ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको