Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम मौका

अर्थ संसार

मंगलबार, ०९ मंसिर २०७७, ०९ : ०३ मा प्रकाशित

एनआइसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज आन्तिम मौका

अर्थ संसार,  काठमाडौँ -एनआईसी एशिया बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (मंसिर ९ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि भोलि (मंसिर १० गते, बुधबार) देखि मंसिर २१ गते, आइतबारसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर ९ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते,  आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंकको कार्तिक ४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको