एनआईसी एसिया बैंकले आफ्नो २७औं वार्षिक साधारणसभा (एजीएम) फागुन २२ गते गर्ने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सभा आयोजना गर्ने तय गरेको हो।
साधारणसभामा बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ५ अर्ब रुपैयाँबराबरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
बैंकले आफ्नो अधिकृत पुँजीलाई १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव राख्नेछ।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, नियमनकारी निकायका निर्देशन तथा सुझावलाई समेट्दै, अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साथै, २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ।
बैंकले साधारणसभा प्रयोजनका लागि फागुन ८ गतेदेखि फागुन २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा, फागुन ८ गतेभन्दा अगाडि कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस