Like us!
Follow us!
Connect us!
Watch us!

अर्थसंसार समाचारको प्रभाव : आन्दोलनरत एनआईसी एसिया बैंकका कर्मचारीहरुको केहि माग पूरा

अर्थ संसार

मंगलबार, ०२ जेठ २०८०, १९ : ३० मा प्रकाशित

अर्थसंसार समाचारको प्रभाव : आन्दोलनरत एनआईसी एसिया बैंकका कर्मचारीहरुको केहि माग पूरा

अर्थसंसारले एनआईसी एसिया बैंकका कर्मचारीहरु आफ्नै व्यवस्थापन विरुद्ध आन्दोलनमा उत्रिएको समाचार सम्प्रेषण गरेपछि एनआईसीले कर्मचारीहरुको केहि माग पूरा गरेको छ। कर्मचारी कटौती गर्न केहि उच्च व्यवस्थापकहरु रणनीति नै बनाएर लागेको, विभिन्न बहानामा हेड अफिसमा बोलाई जागिरबाट निकालिदिन्छु भन्दै धम्की दिने गरेको, कर्मचारीहरुलाई अनुचित कार्यहरुमा लगाउने गरेको जस्ता आरोपहरु लगाई कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए। सो आन्दोलन सम्बन्धी विषयलाई अर्थसंसारले प्राथमिकताका साथ सम्प्रेषण गरेको थियो।  

एनआईसी एसियामा कर्मचारीको विद्रोह : मादकपदार्थ सेवन गरेर मानसिक दवाब दिएको भन्दै सहायक सिइओको राजिनामा माग

बैंकका कर्मचारीले आफुहरुको मनोबल कमजोर बनाउने काम बैंकले गरेको भन्दै बैंकलाई आरोप लगाएका थिए।  बैंकको लुम्बिनी प्रदेशको कर्मचारी संघर्ष समितिले त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई  विज्ञप्ति  नै जारी नै गर्दै  बैंक प्रति समर्पित कर्मठ कर्मचारीलाई “चाहिँदाको  भाँडो, नचाहिँदाको ठाँडो” बनाएको आरोप लगाएका थिए। उनीहरुले कर्मचारी कटौति रणनितीको नाइकेको नाम नै किटानी गरेर राजिनामा माग गरेका थिए। साथै केहि महिना अगाडी  ड्रीम ल्याण्ड रिसोर्टको एक कार्यक्रममा  सिइओको कार्यक्रम सकिए लगत्तै बैंङ्गका एक सहायक सिइओले अत्याधिक मादकपदार्थ सेवन गर्दै  रातको १२ पछि सम्म पनि बैठक भनि कर्मचारीहरु प्रति आक्रमक रुपमा पेस भई चरम मानसिक दवाब दिएको भन्दै प्रदेशको जिम्मेवारीबाट हटाउन समेत संघर्ष समितिले माग गरेको थियो। बैंकले कर्मचारीलाई पदोन्नती हुने समयमा विभिन्न बहानामा टर्मिनेशनको डर, धाक धम्की देखाई जबरजस्ती प्रधान कार्यालय बोलाई राजीनामा दिन बाध्य गर्ने आरोप बैंकको कर्मचारी संघर्ष समतिले लगाएको छ । साथै, देशै भरी जबरजस्ती राजीनामा दिन बाध्य पारिएका कर्मचारीको तत्काल पुर्नवहाली गर्नुपर्ने समेत उनीहरुको माग छ।  

त्यस्तै समितिले उच्च तहका कर्मचारीको नियमित वढुवा गर्ने तर तल्लो तहको कर्मचारीहरुको समयमा हुनुपर्ने पदोन्नती रोकेको प्रति समेत घोर आपत्ति जनाएको छ। साथै तत्काल ३ बर्ष एकै पदमा कार्य गरेका कर्मचारीको तत्काल पदोन्नती गर्नुपर्ने उनीहरुको माग छ। साथै, कर्मचारी सरुवा सम्बन्धमा संस्थाको नियमसंगत व्यबस्था गर्न समितिले माग गरेको थियो। विभिन्न ‘डीस्काउन्ट’ का नाममा विभिन्न खातामा आएका करौडौ रकम चेक मार्फत कर्मचारीलाई झिक्न लगाइएकोमा समेत समितिको ध्यानाकर्षण भएको छ बताईएको छ। उक्त विषयको छानविन तत्कालै गर्न समितिले जोडदार माग गरेको थियो।

कि वार कि पारको लडाईं लड्ने मनस्थितिमा कर्मचारीहरु पुगेपछि बैंक व्यवस्थापनले कर्मचारीहरुका केहि माग सम्बोधन गरेको छ। एनआईसीका प्रमूख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले १५ मे देखि नै लागू हुने गरी केहि उच्च पदस्थ कर्मचारीहरुको सरुवा गरेको सर्कुलर जारी गरेका छन्। बैंक स्रोतका अनुसार कर्मचारीहरुको माग बमोजिम नै उच्च पदस्थ व्यवस्थापकहरुको नयाँ जिम्मेवारी तोकिएको हो।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको