Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा निक्षेप ५ प्रतिशतले बढ्यो, कर्जा लगानी ४ प्रतिशतले

अर्थ संसार

बुधबार, १० मंसिर २०७७, २१ : ०९ मा प्रकाशित

बैंकहरुमा निक्षेप ५ प्रतिशतले बढ्यो, कर्जा लगानी ४ प्रतिशतले

अर्थ संसार, काठमाडौं -बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप असोज महिनामा ४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २०.९ प्रतिशतले बढेको छ ।

असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.२ प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ प्रतिशतलेर विकास बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ ।

२०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ३.७ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ९.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा १७.८ प्रतिशतले बढेको छ भनेट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा २.७ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा रिभर्स रिपोमार्फत रु.६० अर्ब र निक्षेप संकलन उपकरणमार्फत् रु.३० अर्ब गरी कुल रु.९० अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत् रु.३९ अर्ब ५२ करोड र स्थायी तरलता सुविधामार्फत रु.४९ अर्ब ८० करोड गरी कुल रु.८९ अर्ब ३२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब २४ करोड खूद खरिद गरी रु.१४७ अर्ब ४३ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८९ करोड ८५ लाख खूद खरिद गरी रु.१०२ अर्ब २२ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर ८४ करोड बिक्री गरी रु.९९ अर्ब ६४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर १ अर्ब ६ करोड विक्री गरी रु.११९ अर्ब ९८ करोड बराबरको भारतीय रुपैँया खरिद भएको थियो । पुनरकर्जा तथा सहुलियत पूर्ण कर्जा २०७७ असोज मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा रु.३ अर्ब ८४ करोड लगानीमा रहेको छ । यसमध्ये साधारण पुनरकर्जा रु.२ अर्ब ८५ करोड र भूकम्प पीडितलाई निजी आवास निर्माण प्रदान गरिएको पुनरकर्जा रु.९९ करोड रहेको छ ।

२०७७ असोज मसान्तसम्ममा ४१,६१८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २७,३६९ ऋणीलाई प्रवाह भएको रु.६१ अर्ब २५ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत १४,२४९ ऋणीको रु.११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको छ । अन्तर–बैंक कारोबार आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा वाणिज्य बैंकहरुको रु.३२ अर्ब १७ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.४८ अर्ब ९८ करोड गरी कुल रु.८१ अर्ब १५ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.५८३ अर्ब ३१ करोड र अन्य वित्तीय संस्थाहरुको रु.४३ अर्ब ८८ करोड गरी कुल रु.६२७ अर्ब १८ करोड अन्तर बैंक कारोबार भएको थियो । ब्याजदर २०७६ असोजमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ४.३३ प्रतिशत रहेकोमा २०७७ असोजमा ०.६३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ असोजको ४.६२ प्रतिशतको तुलनामा २०७७ असोजमा ०.११ प्रतिशत कायम भएको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक दर २०७७ असोजमा ०.१६ प्रतिशत कायम भएको छ ।

 वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ असोजमा ९.५६ प्रतिशत रहेकोमा २०७७ असोजमा ७.७३ प्रतिशत कायम भएको छ । २०७७ असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.४५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ९.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.७५ प्रतिशत र ११.९८ प्रतिशत रहेका थिए ।

महासंघकाे महासंग्रामः केन्द्रीय सदस्य उम्मेदवार बाेदनाथ दवाडीसँग कुराकानी। FNCCI Election। Bodhnath

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको