Like us!
Follow us!
Connect us!
Watch us!

चालु आवको दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १६ अर्ब,  कुन बैंकको नाफा कति ?

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, १५ : १६ मा प्रकाशित

चालु आवको दुई महिनामा वाणिज्य बैंकको नाफा साढे १६ अर्ब,  कुन बैंकको नाफा कति ?

चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले चालु आर्थिक वर्ष २०८२÷०८३ को दुई महिनामा वाणिज्य बैंकले १६ अर्ब ५९ करोड ७८ लाख ४० हजार रुपैयाँ नाफा कमाएका हुन् । 

नेपाल राष्ट बैंकको तथ्यांक अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.१८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सुरुको दुई महिनामा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १० बैंकको नाफा घटेको छ भने १० बैंकको नाफा बढेको छ । भदौ महिनासम्मको अवधिमा सर्वाधिक नाफा कमाउने बैंकको शीर्ष स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले गत आर्थिक वर्षको सुरुका दुई महिनाको तुलनामा ३.९७ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो अवधिमा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा यो बैंकले १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा धेरै दोस्रो नम्बरमा रहेको नबिल बैंकको १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २०.०९ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको भदौ सम्ममा १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको दुई महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.५१ प्रतिशतले कम हो । यो बैंकले गत आवको दुई महिनामा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा कुमारी बैंकको नाफा २.६० प्रतिशतले घटेर १ अर्ब ५ करोड रुपैयाँमा सिमित भएको छ । यो बैंकले गत आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा १ अर्ब ८ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै प्राइम बैंकको नाफा गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७.३९ प्रतिशतले नाफा बढाएर १ अर्ब ४ करोड रुपैयाँ पुर्‍याएको छ । 

समिक्षा अवधिमा सिद्धार्थ बैंक र एनएनबि बैंक नाफा वृद्धिमा आक्रामक देखिएका छन् । सिद्धार्थको नाफा ४०.१८ प्रतिशतले बढेर ८४ करोड ९० लाख रुपैयाँ र एनएनबि बैंकको ३२ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । दुई महिनामा लक्ष्मी सनराइज बैंकले ९७ करोड४१ लाख, एभरेष्ट बैंकले ९१ करोड २८ लाख, राष्ट्रिय वाणिज्य बैंकको नाफा ८८ करोड ५८ लाख, नेपाल बैंकले ८४ करोड, सानिमा बैंकले ७२ करोड, प्रभु बैंकले ६७ करोड, कृषि विकास बैंकले ५८ करोड, सिटिजन्स बैंकले ५५ करोड, स्टान्र्डड चार्टड बैंकले ५३ करोड, एनआईसी एशिया बैंकले ४९ करोड, माछापुच्छ्रे बैंकले ४८ करोड, हिमालयन बैंकले ३७ करोड र नेपाल एसबिआई बैंकले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको