Like us!
Follow us!
Connect us!
Watch us!

हिलटप सहकारीले सिन्धुलीको जुनार काठमाडौंका घरघरमा पुर्याउने

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १० : ५५ मा प्रकाशित

हिलटप सहकारीले सिन्धुलीको जुनार काठमाडौंका घरघरमा पुर्याउने

अर्थ संसार, काठमाडौँ -तीनकुनेस्थित हिलटप बहुउद्देश्यिय सहकारी संस्थाले सिन्धुलीको जुनार काठममाडौंमा घरघर पुर्याउने भएको छ । संस्थाले महाभारत क्षेत्रमा उत्पादित ‘ए’ ग्रेडको रसिलो बिक्रीका लागि काठमाडौँ ल्याएको हो ।

हिलटपको केन्द्रीय कार्यालयमा रहेको सहकारी पसलबाट जुनार बिक्री गर्ने छ । सहकारीका अध्यक्ष बासुदेव घिमिरेका अनुसार अनलाइनमार्फत अर्डर लिएर जुनार घरघर पुर्याइने छ । घरमै जनार मगाउन न्यूनतम १० किलो जुनार अर्डर गर्नु पर्ने घिमिरेले बताए । न्युनतम १० किलो अर्डर गरे संस्थाले निःशुल्क ढुवानीको व्यवस्था मिलाउने छ । सहकारीले प्रतिकेजी एक सय रुपियाँमै जुनार घरघरमा पुर्याृने छ । 

सहकारीले पसलबाट सातामा सोमबार, बुधबार र शुक्रबार प्राङ्गारिक तरकारीसमेत उपलब्ध गराउने अध्यक्ष घिमिरेले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको