Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न

अर्थ संसार

विहीबार, ११ मंसिर २०७७, १६ : १३ मा प्रकाशित

सिभिल बैंकको दशौंं वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न

अर्थ संसार, काठमाडौं - सिभिल बैंक लिमिटेडको दशौंं वार्षिकोत्सव सम्पन्न भएको छ ।  बैंकको उक्त सभा मंसिर १० गते बुधबार सम्पन्न भएको हो । 

नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमतिप्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार संचालन गर्दै आईरहेको सिभिल बैंक आज दस वर्ष पुरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।

सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ठ समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन”सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना गरी दशौंं वार्षिकोत्सव मनाएको छ । 

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुः
-कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरुवाट प्रतिवद्दता
-बैंकले “हाम्रो टिम नेपाल” संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरुका लागि टुंडिखेलमा निःशुल्क १० छाक भोजन प्रवन्धको प्रायोजना
-बैंकले मातातिर्थ स्थित रहेको मातातिर्थ बृद्धा श्रममा आश्रृत बृद्धबृद्धाहरुका लागि ३ महिनालाई पुग्ने चामल सो बृद्धा श्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण

दशौंं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित वेभिनर कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धीहरु प्रस्तुत गरेका थिए भने बैंक संचालक समितिकाअध्यक्ष इच्छा राजतामाङले सो उपलब्धीहरु हासिल गर्न सहयोग गर्नु हुने सम्पूर्ण ग्राहकहरु, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मीहरु, शेयरधनी तथा प्रबद्र्धकहरु तथा अन्य सम्पूर्ण शुभचिन्तकहरु प्रतिहार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गरे ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको