Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको नाफा ३०७.६२ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १२ : ५५ मा प्रकाशित

जनरल इन्स्योरेन्सको नाफा ३०७.६२ प्रतिशतले बढ्यो (विवरणसहित)

अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त सार्वजनिक विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३०७.६२ प्रतिशत बढी नाफा आर्जन गर्न फल्सग भएको छ ।

पहिलो त्रैमासमा कम्पनीले २ करोड ३७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।  गत वर्षको यही अवधीमा कम्पनीले ५८ लाख ३५ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्षकाे यही अवधीमा कम्पनीले ७ करोड ५ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे । उक्त रकम गत आर्थिक वर्षकाे तुलनामा २ करोड ७० लाख रुपैयाँले धेरै हाे ।

त्यस्तै कम्पनीकाे बिमा कोषको आकार १००.३१ प्रतिशतले बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यही अवधीमा कम्पनीकाे बिमा कोषमा ३ करोड १४ लाख रुपैयाँ थियो । 

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जगेडा कोषमा ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ रहेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६६ पैसा रहेको छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण हेर्नुहोस्:-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको