Like us!
Follow us!
Connect us!
Watch us!

यसै वर्ष आईपीओ जारी गरेको जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

शुक्रबार, २७ चैत्र २०७७, ११ : २४ मा प्रकाशित

यसै वर्ष आईपीओ जारी गरेको जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको उक्त सभा वैशाख २६ गते, कम्पनीको केन्द्रिय कार्यालय, हात्तिसार , काठमाडौंमा विहान ११ बजे सभासुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय छलफल गरी पारित गर्नेछ । साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ।

कम्पनीले वार्षिक सभा प्रयोजनका लागि वैशाख १० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले गत असोजमा सर्वसाधारण सेयरधनीहरुलाई साधारण सेयर (आईपीओ) जारी गरेको थियो ।  आईपीओ जारी गरेको पहिलो पटक कम्पनीले वार्षिक साधारण सभा गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको