Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

अर्थ संसार

आइतबार, १४ मंसिर २०७७, १७ : १० मा प्रकाशित

एनआईसी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष पदमा निर्वाचित  भएका छन् । 

विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आउनुभएको वहाँ त्रिवेणी ग्रुपको निर्देशक हुनुहुन्छ ।

उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याए वापत गत वर्ष नेपाल सरकारले वहाँलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ (Commercially Important Person-CIP)सम्मानबाट विभूषित गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको