अर्थ संसार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसियटको कार्यकारिणी सदस्यमा अम्बिकाप्रसाद पौडेल भारी मतले बिजयी भएका छन् ।
पौडेलले कुल ८९० मा ८०२ मत ल्याएर विजयी भएका हुन् । आफूलाई बिजायी गराउन मतदान गर्ने व्यवसायीहरुलाई पौडेलले सामाजि सञ्जालमा स्टाटस लेखि धन्यवाद दिएका छन् । उनले लेखेका छन् -'उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभामा सर्वाधिक मत सहित बिजयी गराउनु भएकोमा सम्पूर्ण व्यावसायीक मित्रहरुमा हार्दिक अभार व्यक्त गर्दछु । यो अभियानलाई सार्थक बनाउन सहयोग गुर्नुहुने अग्रज र मिडियाका मित्रहरु प्रति आभारी छ । '
पौडलको बिजयी भएसँगै सेयर बजार अझ उत्साहित भएको छ । पौडेल इन्भेस्टर्स फोरमका पूर्व अध्यक्षसमेत हुन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस