Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको साधारण सभा आज, सेयरधनीको हातमा लाभांश कति ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०७७, ०७ : २३ मा प्रकाशित

बैंक अफ काठमाण्डूको साधारण सभा आज, सेयरधनीको हातमा लाभांश कति ?

फाइल फोटो 

अर्थ संसार, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडकाे २६औं वार्षिक साधारण सभा आज (साेमबार) हुँदैछ ।

बैंककाे कार्तिक २० गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २६औं वार्षिक साधारण सभा बैंककाे प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियाे कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ ।

सभामा बैंककाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद (कर सहित) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि कार्तिक २८ गते, शुक्रबारदेखि मंसिर १५ गते, साेमबारसम्म बुक क्लोज गरेको छ । त्यसैले, कार्तिक २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको