Like us!
Follow us!
Connect us!
Watch us!

सभा, जुलुस र प्रदर्शन नगर्न  काठमाडौं प्रशासनको अनुरोध

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १३ : २१ मा प्रकाशित

सभा, जुलुस र प्रदर्शन नगर्न  काठमाडौं प्रशासनको अनुरोध

अर्थ संसार, काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।

प्रशासनले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरस महामारी को जोखिम अझै कायम रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो।

"बिश्व सामु नै चुनौतिको रुपमा रहेको कोरोना माहामारी नियन्त्रण हुने स्थितिमा अझैपनि देखिएको छैन् तसर्थ नेपाल  सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोक्र्को सुरक्षा सम्बन्धि मापदण्डको पालना नै यसबाट बच्ने उपाय हो । कोरोनाको विपद्को अवस्थामा सरकारले तोकेको निर्देशनको पालना गर्नु/गराउनु प्रत्येक नागरिकको दायित्व हुन्छ " मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरिएको  भन्दै  त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न/नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले कुनैपनि किसिमको प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको छ।

पछिल्लो समय राष्ट्रिय झन्डा बोकेर काठमाडौंलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन्। सोमबार मात्रै राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिले राजतन्त्रको माग गर्दै प्रदर्शन गरेको थियो ।

प्रशासनले जारी गरेको विज्ञप्ति हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको