Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूको ऋणपत्र मंसिर २४ गतेदेखि बजारमा आउँदै

अर्थ संसार

मंगलबार, १६ मंसिर २०७७, १६ : ३१ मा प्रकाशित

बैंक अफ काठमाण्डूको ऋणपत्र मंसिर २४ गतेदेखि बजारमा आउँदै

अर्थ संसार, काठमाडौँ -  बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गते बुधबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १ अर्ब ६० कराेड रूपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि ६ लाख ४० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ९ लाख ६० हजार कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ३२ हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बैंकले १० वर्ष अवधिकाे लागि “१०.२५ प्रतिशत बि.अाे.के डिबेन्चर २०८६” नाममा ऋणपत्र जारी गर्न लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंक अफ काठमाण्डूलाई कार्तिक २७ गते बिहीबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे थियाे । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । मंसिर २४ गते बुधबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको