अर्थ संसार, काठमाडौं – समृद्धि फाइनान्स लिमिटेडले मंसिर १० गते, बुधबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज (बुधबार) रहेको छ ।
फाइनान्सले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहकाे १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । 
लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 
फाइनान्सले प्रकाशन गरेकाे सूचना  हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस