Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ निष्कासनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १४ : २७ मा प्रकाशित

आइपिओ निष्कासनको तयारीमा रहेको युनिक नेपाल लघुवित्तले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौँ - युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाको मंसिर ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दाेश्राे वार्षिक साधारण सभा पुस १० गते शुक्रबार, म्याक्स हाेटेल, काेहलपुर, बाँकेमा बिहान १०:४५ बजेबाट सुरु  हुनेछ । 

उक्त सभा भर्चुअल माध्यममार्फत् सञ्चालन हुने कम्पनीले जनाएको छ । 

सभामा कम्पनीले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका २ लाख ७० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । 

त्यसैगरी, सभामा बन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कल इन एडभान्सलाई हकप्रद शेयरमा रुपान्तरण गर्ने, प्राप्ति वा मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिका सदस्यको चयन अनुमोदन गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् । दुवै संस्थाले एक आपसमा गाभिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

संस्था​ले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको