Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १६ : ३० मा प्रकाशित

पछिल्लो २४ घण्टामा १४९० जनामा कोरोना संक्रमण पुष्टि, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५  सय ६७  जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १८हजार १  सय ६१  पुगेको छ। बुधबार देशभर रहेको ७७ वटा प्रयोगशालाबाट ८ हजार ३०० पिसिआर नमुना परिक्षण भएका छन् 

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । जसमध्ये १० हजार ७ सय ४१ होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा ५ हजार ८ सय ६ जन रहेका छन् । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा  ६ सय ५ जना रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको