Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुग्यो, आज कति थपिए ?

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १६ : ३९ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५३८ पुग्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बुधबार थप १ हजार ४ सय ९०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ५  सय ६७  जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । जसमध्ये १० हजार ७ सय ४१ होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशनमा ५ हजार ८ सय ६ जन रहेका छन् । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा  ६ सय ५ जना रहेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको