Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टले ५४.२३ प्रतिशत लाभांश दिने

अर्थ संसार

बुधबार, १७ मंसिर २०७७, १७ : १२ मा प्रकाशित

सर्वोत्तम सिमेन्टले ५४.२३ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौँ - सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर ४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा मंसिर २३ गते मंगलबार, कम्पनीको पाँचाै तल्लाकाे हट, न्याैपानेटावर, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ सम्मकाे मुनाफाबाट सञ्चालक समितिले सिफारिस गरेकाे ५४.२३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्न स्विकृत गरिनेछ  । 

त्यसैगरी, सञ्चालक समितिले सिफारिस गरे बमाेजिम चुक्ता पुँजीकाे १९८:१४२ हकप्रद शेयर जारी गरी चुक्ता पुँजी वृद्दि गर्ने र साेही बमाेजिम प्रबन्धपत्रमा जारी तथा चुक्ता पुँजी संशाेधन गर्ने पनि सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको