Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको लगानी, नाफा खाने ब्रोकर ! तत्काल कमिसन नझारे आन्दोलनको चेतावनी

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०७७, १४ : ४० मा प्रकाशित

अर्थ संसार, काठमाडौं– 'सेयर बजारमा लगानी गर्ने लगानीकर्ता, नाफा कमाउने ब्रोकर' भन्दै  शुक्रबार विभिन्न  लगानीकर्ता संगठनका पदाधिकारीहरु सहित लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्डमा पुगेका छन् ।

'ब्रोकर कमिसन कति कति, हात खाली हुन्छ, कमाए जति', '२० करोडको कारोबारमा कमिसन जति, ९–१० अर्ब कारोबारमा अहिले पनि त्यति' लगायतको नारा भएको प्लेकार्ड बोकी लगानीकर्ता सेबोन पुगेका हुन् । 

 नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहले संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । बोर्डमा पुगेका लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन  ०.२५ प्रतिशत कायम गर्न धितोपत्र बोर्डसँग माग राखेका छन् ।

ब्रोकर कमिसन घटाउने विषयमा बारम्बार धितोपत्र बोर्ड र लगानीकर्ता संघहरु बीच छलफल नभएको पनि होइन । धितोपत्र बोर्ड कमिसन घटाउछु भनेर गफ लगानीकर्तालाई लगाउँदै आएको छ तर, कार्यान्वयन भने अहिलेसम्म गर्न सकेको छैन् ।

यो १८ दिनको बिचमा ६४ करोड ब्रोकर कमिसन लगानीकर्ताले तिरेका छन् । सेयर बजारमा लगानीकर्ताले आफैले मोबाइलबाट सेयर किन्ने, मोबाइलबाट पैसा तिर्ने लगायतको सम्पूर्ण कार्य अनलाइनबाट गर्ने, कसिमन चाहि ब्रोकरले खाने भनाई लगानीकर्ताको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको