Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश आज पारित हुने

अर्थ संसार

आइतबार, २१ मंसिर २०७७, ०७ : ५९ मा प्रकाशित

एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश आज पारित हुने

अर्थ संसार, काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडकाे २३औं वार्षिक साधारण सभा आज (आइतबार) हुँदैछ ।

बैंककाे बैंककाे कार्तिक ४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे निर्णयानुसार उक्त सभा  बैंककाे रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनुका साथै सोहि अवधिको लेखापरीक्षण प्रतिवेदन पारित गरिनेछ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७६/०७७ काे सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि मंसिर १० गते, बुधबारदेखि मंसिर २१ गते, आइतबारसम्म बैंककाे बुकक्लोज गरेको छ । त्यसैले, मंसिर ९ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको