अर्थ संसार, काठमाडौं - घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको संचालक समितिको मङ्सिर २२ गते सोमबार बसेको बैठकले गरेको निर्णयानुसार संस्थाको उक्त सभा पौष १४ गते मंगलबार पन्चकन्या बैन्क्वेट, बनेपा ८, काभ्रेपलाञ्चोकमा बिआं ११ बजे सुरु हुनेछ ।
सभामा समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षक प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु पारित गरिनेछ ।
सभाले आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।
र्तासैगरी घरेलु लघुवित्त र समता लघुवित्त एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस