अर्थ संसार, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले  आफ्नो सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले ५८ हजार एक सय २२ कित्ता संस्थापक समूहकाे सेयरहरू बिक्री गर्न लागेको हो ।
संस्थापक सेयर बिक्री गर्दा सर्वप्रथम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस