Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

अर्थ संसार

मंगलबार, २३ मंसिर २०७७, १४ : २० मा प्रकाशित

सगरमाथाको नयाँ उचाइ सार्वजनिक, ८६ सेन्टिमिटर बढ्यो

अर्थ संसार, काठमाडौं - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । नेपाल र चीनले आज (मंगलबार) सगरमाथाको नयाँ उचाइ  एकैपटक सार्वजनिक गरेको हो । जसअनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको छ ।

नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको जानकारी दिए ।

नेपालले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेकाे हाे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघिको उचाइ ८८४८ मिटर सन् १९५४ सर्वे अफ इन्डियाले नापेको हो । सगरमाथाको उचाइबारे विवाद देखिएपछि सन् २०१० मा नेपाल र चीनबीच ८८४८ मिटरलाई नै मान्यता दिने साझा धारणा बनेको हो ।

सगरमाथाको उचाइ नेपाल र चीनमा एकै साथ उद्घाटन हुने सहमति २०१९ को अक्टोबरमा भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको