Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार देशभर थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए ?

अर्थ संसार

मंगलबार, २३ मंसिर २०७७, १७ : ०१ मा प्रकाशित

मंगलबार देशभर थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि, मृतक कति थपिए  ?

अर्थ संसार, काठमाडौं - मंगलबार देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या २ लाख ४३ हजार ३ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा २ लाख २९ हजार ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । 

हाल नेपालमा १२ हजार ६ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ५२३ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको