Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोपावरको डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, २४ मंसिर २०७७, १० : ३८ मा प्रकाशित

रसुवागढी हाइड्रोपावरको डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौँ - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले ८औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे मंसिर १६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको उक्त सभा पुस २० गते साेमबार चिलिमे जलविद्युत कम्पनीकाे सभाहल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनसहित नगद प्रवाह विवरणसहितका अनुसुचिहरुमा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण पनि गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पुस १२ गते आइतबार बुकक्लाेज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ११ गतेसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको