Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, १२ : २९ मा प्रकाशित

रसुवागढी हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कम्पनीको पाैष १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको नवाैँ वार्षिक साधारण सभा पौष २६ गते साेमबार, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडकाे सभाहल, महाराजगञ्ज, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको चुक्ता पुँजी र संचित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकम भन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन हुन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव सभामा पारित गरिनेछ । 

कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १२ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61bae1c04fc76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको