अर्थ संसार, काठमाडौं - बुधबार देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या २ लाख ४४ हजार ४३३  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बितेको २४ घण्टामा थप १ हजार ४८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा २ लाख ३० हजार ५३७ कोरोना संक्रमण मुक्त भएका छन् । 
हाल नेपालमा १२ हजार २४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यस्तै देशभर रहेको विभिन्न क्वारेन्टाइनमा ५२५ जना रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६५१  पुगेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस