अर्थ संसार, काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे संस्थापक समूहकाे शेयर आज (बिहीबार) बाट  बिक्री खुल्ला गरेकाे छ ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख २५ हजार ७ सय २६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।
नागरिक लगानी काेषको सेयरको  न्यूनतम मूल्य  प्रतिकित्ता २ हजार ३ सय ६२ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको५ सय ५ तोकिएको छ । त्यसैले सोभन्दा बढी मूल्य का आली आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आजबाट पुस १ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस