Like us!
Follow us!
Connect us!
Watch us!

४६.४३ अंकले बढ्यो बजार, नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार

अर्थ संसार

आइतबार, २८ मंसिर २०७७, १५ : २० मा प्रकाशित

४६.४३ अंकले बढ्यो बजार, नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार

साताको पहिलो दिन आज (आईतबार ) सेयर बजार बढेको छ  । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४६.४३   अंकले बढेर  २०१०.४५  अंकमा पुगेको छ  । नेप्से २.३६  प्रतिशले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८२.११  अंकमा पुगेको छ ।

कुल २ सय ३ वटा कम्पनीको ९० लाख  ५० हजार १६  कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ करोड ९४  लाख ८४  हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमा ९  वटा उपसमूहकाे  सेयर  बढेको छ , भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ  । 

आज  ट्रेदिङ्ग,  हाइड्रोपावर र होटल समुहको सेयर घटेको नेप्सेले जनाएको  छ। 

त्यसैगरी कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ  ।  कम्पनीले  ६७ करोड  १ लाख ७२ हजार रुपैयाँ  बराबरको कारोबार गरेको छ  । 

 

5fd5e1d2a44dc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको