Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले घटायो आस्बा शुल्क, २५ रुपैयाँमै सेवा दिने

मंगलबार, १२ बैशाख २०७४, १५ : १५ मा प्रकाशित

सिटिजन्स बैंकले घटायो आस्बा शुल्क, २५ रुपैयाँमै सेवा दिने

दिनिता लामिछाने
काठमाडौ–सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले आस्बा सेवामा लिने सुल्क १ सय रुपैयाँबाट घटाएर २५ रुपैयाँ पारेको छ ।

बैंकले साधारण सेयर (आइपिओ) र थप निस्कासन (एफपिओ) को आवेदन सुल्क २५ रुपैयाँ मात्र लिने जनाएको छ ।

यस सुविधा अन्तर्गत लगानीकर्ताले धितोपत्र खरिद गर्न चाहेको रकम निजहरुको यस बैंकमा भएको चल्ती, बचत वा  कल खातामा रोक्का राखि सोको निस्सा सम्बन्धित लगानीकर्तालाई उपलव्ध गराइने जनाइएको छ ।

धितोपत्रको बाँडफाँड पश्चात लगानीकर्ताको भागमा परेको रकम बराबरमात्र उक्त खाताबाट कटाएर सम्बन्धीत कम्पनीको खातामा पठाइने छ ।

यसले गर्दा ग्राहकले दरखास्त फारम बुझाउन र आफ्नो रकम फिर्ता पाउन लाइन बस्ने समयसमेत अन्य कार्यमा सदुपयोग गर्न सक्ने छन् । 

सिटिजन्सले आस्बा सेवा अन्तर्गत बैंकका ५८ वटै शाखाहरुबाट दरखास्त लिने व्यवस्थासहित खाता नभएका लगानीकर्ताहरुलाई पनि सरलतापूर्वक खाता खोल्ने व्यवस्था गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको